२१ कात्तिक २०८३ English
English

भोटेकोशी–त्रिशूली बाढी: अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनर्निर्माणमा ७ खर्ब चाहिने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भोटेकोशी–त्रिशूली बाढी: अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनर्निर्माणमा ७ खर्ब चाहिने

YouTube मा सब्स्क्राइब

राष्ट्रिय योजना आयोगले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले अर्थतन्त्रमा करिब ४ खर्ब ७३ अर्ब रुपैयाँ बराबर क्षति पुर्‍याएको जनाएको छ। आयोगले शुक्रबार सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्याङ्कनको प्रारम्भिक विवरणअनुसार पुनर्निर्माण र पुनरुत्थानका लागि करिब ७ खर्ब ७ अर्ब रुपैयाँ आवश्यक पर्छ। मूल्याङ्कनमा भौतिक संरचनाको हानि र आर्थिक गतिविधिको नोक्सानी छुट्टाछुट्टै गणना गरिएको छ।

प्रतिवेदनअनुसार भौतिक संरचनामा करिब २ खर्ब ८३ अर्ब रुपैयाँको हानि भएको छ भने आर्थिक गतिविधि रोकिँदा करिब १ खर्ब ९० अर्ब रुपैयाँको नोक्सानी भएको छ। आयोगका अनुसार सबैभन्दा धेरै क्षति पूर्वाधार क्षेत्रमा परेको छ। ऊर्जा, सडक, पुल, यातायात, सिँचाइ र नदी नियन्त्रणका संरचना प्रभावित भएका छन्।

उत्पादनशील क्षेत्र, निजी आवास, सार्वजनिक सेवा र वातावरणमा पनि ठूलो असर परेको आयोगले जनाएको छ। क्षतिको ठूलो हिस्सा निजी क्षेत्रले बेहोर्नुपरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय विशेष समितिको बैठकमा विपद्को पाँच दिनभित्रै प्रारम्भिक क्षति मूल्याङ्कन गरिएको बताउनुभएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, योजना आयोग र विश्व बैंकको उक्त मूल्याङ्कनमा करिब २.७ देखि २.८ अर्ब अमेरिकी डलर बराबर क्षति देखिएको उहाँको भनाइ छ। पुनर्निर्माणका लागि करिब ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने देखिएको र सरकारले आवश्यक स्रोतसाधन जुटाउने अर्थमन्त्रीले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार