२१ कात्तिक २०८३ English
English

रुस–युक्रेन युद्ध अन्त्यका लागि चाँडै ठूलो सम्झौता हुनसक्ने ट्रम्पको भनाइ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रुस–युक्रेन युद्ध अन्त्यका लागि चाँडै ठूलो सम्झौता हुनसक्ने ट्रम्पको भनाइ

YouTube मा सब्स्क्राइब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि छिट्टै एउटा ठूलो सम्झौता हुन सक्ने बताउनुभएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्तापछि उहाँले यस्तो धारणा राख्नुभएको हो। बिहीबार पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले सम्झौतामा युक्रेनबाहेक अन्य पक्ष पनि संलग्न हुने बताउनुभएको छ।

यसले सिङ्गो युरोपलाई नै समेट्न सक्ने र सबै पक्ष उत्साहित हुने उहाँको दाबी छ। तर सम्झौताका मुख्य बुँदा, सहभागी मुलुक र रुस तथा युक्रेनले गर्नुपर्ने सहमतिबारे उहाँले खुलाउनुभएन। वासिङ्टन भ्रमणमा रहेका युक्रेनी प्रतिनिधिसँग बिहीबार आफूले भेट नगरेको पनि उहाँले स्वीकार्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार