२१ कात्तिक २०८३ English
English

महँगो भाउका बाबजुद धनतेरसमा सुनचाँदी र भाँडाकुँडा पसलमा भीड

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
महँगो भाउका बाबजुद धनतेरसमा सुनचाँदी र भाँडाकुँडा पसलमा भीड

YouTube मा सब्स्क्राइब

सुनको मूल्य २ लाख ७५ हजार रुपैयाँ नाघे पनि धनतेरसका दिन शुक्रबार काठमाडौँको न्युरोड र असन क्षेत्रका सुनचाँदी तथा भाँडाकुँडा पसलमा ग्राहकको भीड लागेको छ। यस दिन सुनचाँदी किन्दा शुभ हुने विश्वासका कारण दिउँसोदेखि नै पसलमा ग्राहक पुगेका छन्। तर भीड अघिल्ला वर्षको तुलनामा कम छ।

व्यवसायीका अनुसार ग्राहकले सानो परिमाणमा मात्र सुन किनेकाले कारोबार अघिल्ला वर्षभन्दा करिब ३० प्रतिशत कम भएको छ। भाउ महँगो भएकाले यसपालि पहिलेजस्तो अर्डर नै नआएको व्यवसायीहरूले बताएका छन्। चार वर्षअघि धनतेरसमा व्यापारीले ५० किलोभन्दा बढी सुन बेचेका थिए।

सुनको असर्फी र चाँदीका सिक्का किन्नेको पनि भीड लागेको छ। देशभरका बजारमा तामा र पित्तलका भाँडाकुँडा तथा पूजा सामग्री किन्नेको चहलपहल बढेको छ। कार्तिक कृष्ण त्रयोदशीलाई धन त्रयोदशी पनि भनिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य माधवप्रसाद लामिछानेले यस दिन बहुमूल्य धातु किन्नुपर्ने कुरा हिन्दू धर्मशास्त्रमा कतै उल्लेख नभएको बताउनुभएको छ। सुनचाँदी व्यवसायीहरू भने पछिल्ला वर्षमा यो दिन धातु किन्ने चलन बढ्दै गएको बताउँछन्।

स्रोत

सम्बन्धित समाचार