२८ असोज २०८३ English
English

चाडपर्वका लागि उपत्यकामा ३ हजार ५०६ प्रहरी परिचालन, सादा पोसाकका प्रहरी र तालिमप्राप्त कुकुर पनि

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चाडपर्वका लागि उपत्यकामा ३ हजार ५०६ प्रहरी परिचालन, सादा पोसाकका प्रहरी र तालिमप्राप्त कुकुर पनि
तस्बिर: रातोपाटी

काठमाडौँ । दसैँ, तिहार र छठलगायतका मुख्य चाडपर्वलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ।

चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न यसरी प्रहरी परिचालन गरिएको हो। सुरक्षाका लागि सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म खटाइएका छन्।

चाडपर्वका बेला घर फर्कने यात्रु र किनमेल गर्ने मानिसको भीड बढ्ने हुँदा उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको हो।

दसैँदेखि छठसम्मको चाडपर्व अवधिभर यो सुरक्षा व्यवस्था लागू रहनेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 28 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार