बेत्रावतीमा बेलिब्रिज जोडिएपछि रसुवामा पर्यटक फर्किन थाले

बेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जोडिएपछि रसुवाको लाङटाङ क्षेत्रमा पर्यटकको आवागमन फेरि सुरु भएको छ। भदौ १० गते भोटेकोशीमा आएको बाढीले फलाखु खोलाको पुल बगाएपछि नुवाकोटको विदुरदेखि बेत्रावतीसम्मको सडक गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो। त्यसपछि करिब डेढ महिनासम्म रसुवामा पर्यटकको ओहोरदोहोर ठप्प रहेको थियो।
नेपाली सेनाले बनाएको बेलिब्रिज असोज २५ गते जडान गरिएको हो। पुल सञ्चालनमा आएसँगै जिल्लाको सडक सम्पर्क र चीनसँगको व्यापारिक नाकासम्मको पहुँच पनि पुनः स्थापित भएको छ। बुधबार धुन्चे हुँदै लाङटाङतर्फ जाने विदेशी पर्यटकका गाडी लाम लागेर गुडेका छन्।
पर्यटकहरू धार्मिक तीर्थस्थल गोसाइँकुण्डतर्फ पनि जान थालेका छन्। बाढीपछि होटल खाली भएका र बुकिङ लगातार रद्द हुँदा पूरै सिजन गुम्ने डर रहेको धुन्चेका होटल व्यवसायी निशान गजुरेलले बताउनुभएको छ। पुल बनेपछि पर्यटक राम्रो सङ्ख्यामा आउन थालेकाले यो खुसी दसैँभन्दा पनि ठूलो भएको उहाँको भनाइ छ।
होटल, रिसोर्ट र पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटक बढ्नेमा स्थानीय व्यवसायी आशावादी छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


