विपद्पछिको पुनर्निर्माणका लागि साढे ५ खर्ब आवश्यक, ५०४ योजना प्रस्ताव

भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकीको बाढीसहित मौसमजन्य विपद्बाट भएको क्षतिको पुनर्निर्माणका लागि सरकारले ५०४ वटा योजना अघि सारेको छ। ती योजनाका लागि करिब ५ खर्ब ६० अर्ब रुपैयाँ बजेट स्वीकृत गर्न अर्थ मन्त्रालयमा सिफारिस गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१ औँ बैठकले केही दिनअघि यो सिफारिस गर्ने निर्णय गरेको थियो।
विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार बजेट मन्त्रालयगत शीर्षक छुट्याएर पठाइएको छ। उहाँका अनुसार सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत तत्काल गर्नुपर्ने चार कार्यक्रमका लागि ४१ करोड ८० लाख रुपैयाँ आवश्यक देखिएको छ।
यस्तै, मध्यम र दीर्घकालमा गर्नुपर्ने पाँच कार्यक्रमका लागि ४५ करोड २४ लाख रुपैयाँ माग गरिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


