२८ असोज २०८३ English
English

साइबर ठगी नियन्त्रण: एन्टी–स्क्याम केन्द्र मंसिरदेखि, भुक्तानी प्रदायकलाई २४ घण्टे सम्पर्क व्यक्ति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
साइबर ठगी नियन्त्रण: एन्टी–स्क्याम केन्द्र मंसिरदेखि, भुक्तानी प्रदायकलाई २४ घण्टे सम्पर्क व्यक्ति

YouTube मा सब्स्क्राइब

साइबर ठगी नियन्त्रण गर्न नेपाल प्रहरी, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र दूरसञ्चार कम्पनी एकै ठाउँबाट काम गर्ने एन्टी–स्क्याम केन्द्र स्थापनाको तयारी भएको छ। नेपाल प्रहरीका अनुसार दैनिक करिब २ सयदेखि ३ सयसम्म साइबर ठगीका उजुरी पर्ने गरेका छन्। बैंक र कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वयमा ढिलाइ हुँदा पीडितलाई गुमेको रकम फिर्ता पाउन कठिन हुँदै आएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पहलमा तयार प्रस्ताव गृह मन्त्रालयले स्वीकृत गरिसकेको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले बताउनुभएको छ। अर्थ मन्त्रालयले बजेट स्वीकृत गरे करिब १ महिनाभित्र केन्द्रले काम सुरु गर्न सक्ने उहाँले जानकारी दिनुभएको छ। ठगीका लागि चलाइएका खाता, फोन नम्बर र वेबसाइट तुरुन्तै पत्ता लगाएर रोक्का गर्ने र ठगी पुष्टि भएपछि पीडितको रकम फिर्ता छिटो गराउने केन्द्रको लक्ष्य छ।

यसैबीच, दसैँ, तिहार र छठको लामो बिदामा ठगी बढ्न सक्ने जोखिम देखेर राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक र सेवा प्रदायकलाई दिनरात उपलब्ध हुने जिम्मेवार सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ। तोकिएका व्यक्तिको नाम, पद, मोबाइल नम्बर र निरन्तर अनुगमन हुने इमेल ठेगाना प्रहरीको साइबर ब्युरोमा पठाउनुपर्नेछ।

स्रोत

सम्बन्धित समाचार