२८ असोज २०८३ English
English

दसैँका लागि १ लाख ३० हजार १२९ यात्रुले लिए अग्रिम टिकट

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँका लागि १ लाख ३० हजार १२९ यात्रुले लिए अग्रिम टिकट
तस्बिर: रातोपाटी

काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्कने यात्रुको चाप बढ्न थालेको छ। दसैँका लागि अहिलेसम्म एक लाख ३० हजार १२९ यात्रुले अग्रिम टिकट लिएका छन्।

अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिस दसैँ मनाउन आफ्नो घर जान थालेका हुन्। यही कारण उपत्यकाका नाकामा यात्रुको आवतजावत बढेको छ।

पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नाका हुँदै ७८ हजारभन्दा बढी मानिसले काठमाडौँ छाडेका छन्।

दसैँ नजिकिँदै जाँदा घर फर्कने यात्रुको सङ्ख्या अझै बढ्ने देखिन्छ। अग्रिम टिकट लिने यात्रुको सङ्ख्याले पनि यसको सङ्केत गर्छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 28 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार