२८ असोज २०८३ English
English

कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी
तस्बिर: अनलाइनखबर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी भएका छन्। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री लामा आदिवासी जनजाति क्लस्टरबाट अत्यधिक मतसहित निर्वाचित भएका हुन्।

निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाएका छन्।

त्यस्तै, सोही पदका अन्य उम्मेदवारमध्ये तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्।

महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका अन्य विभिन्न पदको मतगणना भने अझै जारी छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 28 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार