मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ 'होल्ड'

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ 'होल्ड' भएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले खरेलमाथि 'स्वार्थको द्वन्द्व', आर्थिक अनियमिततालगायतका गम्भीर प्रश्न उठाएपछि सुनुवाइ प्रक्रिया रोकिएको हो।
समितिका सभापति बोधनारायण श्रेष्ठले प्राप्त उजुरी अध्ययन गर्न समय चाहिने भएकाले सुनुवाइ प्रक्रिया होल्ड गर्ने निर्णय सुनाएका हुन्। बैठकमा खरेलविरुद्ध उठेका प्रश्नको निराकरण गर्न समितिमा उपसमिति गठन गर्नुपर्ने माग पनि उठेको थियो।
सुनुवाइका क्रममा सांसद राजीव खत्रीले खरेललाई भने, 'तपाईँले झापामा केही स्थानीयहरूसँग अनुदान मिलाइदिन्छु भनेर लाखौँ रुपैयाँ लिएको र अहिले राजदूत नियुक्त भएसँगै त्यो तिर्न सुरु गरेको भन्ने कुरा छ।'
समितिमा प्रस्तुत कार्ययोजनामा खरेलले दूतावासको सेवालाई पूर्ण डिजिटल बनाउने तथा नेपाली श्रमिकको सुरक्षा र आर्थिक कूटनीतिलाई मुख्य प्राथमिकतामा राखेका छन्। उनले 'फ्री भिसा फ्री टिकट' नीतिलाई द्विपक्षीय श्रम कूटनीतिको मुख्य एजेन्डा बनाउने र राहदानी सेवामा द्रुत सुधार गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


