२८ असोज २०८३ English
English

प्रस्तावित राजदूत सुनारबारे अध्यागमन र ललितपुर प्रहरीले संसदीय समितिलाई पठाए जवाफ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रस्तावित राजदूत सुनारबारे अध्यागमन र ललितपुर प्रहरीले संसदीय समितिलाई पठाए जवाफ
तस्बिर: अनलाइनखबर

साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारबारे संसदीय सुनुवाइ समितिले मागेको विवरण जिल्ला प्रहरी कार्यालय ललितपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पठाएका छन्।

सुनारविरुद्ध समितिमा परेको उजुरीको तथ्य जाँच गर्ने क्रममा समितिले उनी जर्मनीबाट डिपोर्ट भएका थिए वा थिएनन् भन्ने विवरण अध्यागमन कार्यालयसँग मागेको थियो।

जवाफमा अध्यागमन कार्यालयले १४ वर्ष पुरानो उक्त घटनाको विवरण आफूसँग नभएको जनाएको छ। यसले गर्दा सुनार डिपोर्ट भएको दाबी पुष्टि हुन सकेको छैन।

यसैगरी, समितिले मागेको विवरण ललितपुर प्रहरीले पनि समितिमा बुझाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 28 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार