श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले संसदीय सुनुवाइ समितिमा राखिन् चार रणनीतिक योजना

संसदीय सुनुवाइ समितिमा चार देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ जारी रहेको छ। समितिको बुधबारको बैठकमा श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले चार रणनीतिक योजना सार्वजनिक गरेकी छन्।
उनले पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट, बौद्ध सम्पदाको प्रवर्द्धन र व्यापार तथा लगानी विस्तारसम्बन्धी योजना प्रस्तुत गरेकी हुन्।
प्रस्तावित राजदूत झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीको ठोस नतिजामा बदल्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
सुनुवाइका क्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रस्तावित राजदूत झालाई लुम्बिनीको अन्तर्राष्ट्रिय प्रवर्द्धन र धार्मिक पर्यटनमा केन्द्रित हुन सुझाव दिएका छन्। उनले लुम्बिनीको ब्रान्डिङमा जोड दिन आग्रह गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


