सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले दिए राजीनामा, सभामुखले गरे होल्ड

नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले राजीनामा दिएका हुन्। उक्त बजेट मंगलबार सुदूरपश्चिम प्रदेशसभाबाट पारित भएको थियो। थापा प्रदेशमा सत्तारूढ दलका सांसद हुन्।
सभामुख भण्डारीले थापाले आफूलाई राजीनामा पत्र बुझाएको बुधबार पुष्टि गरेका छन्। रातोपाटीसँगको कुराकानीमा उनले राजीनामा पत्र पाएको जानकारी दिएका हुन्।
अनलाइनखबरका अनुसार सभामुख भण्डारीले थापाको राजीनामालाई तत्काल अघि नबढाई होल्ड गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


