लगातार तेस्रो दिन घट्यो सुनको मूल्य, तीन दिनमा तोलामा ७ हजार रुपैयाँ कम

सुनचाँदीको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ।
यससँगै सुन प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँ घटेको महासंघले जनाएको छ।
यसअघि मंगलबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ घटेको थियो। विगत तीन दिनमा सुनको मूल्य तोलामा कुल ७ हजार रुपैयाँ घटेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


