म्याग्दीका बाढीपहिरो प्रभावित सबै स्थानमा विद्युत् आपूर्ति पूर्ववत्

म्याग्दी । गत महिनाको बाढीपहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत् आपूर्ति पूर्ववत् भएको छ।
नेपाल विद्युत् प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रसारण लाइन, शाखा लाइनलगायतका संरचना मर्मत गरेर विद्युत् आपूर्ति पूर्ववत् गरेका हुन्।
बाढीपहिरोका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत् संरचनामा क्षति पुगेको थियो। मर्मतपछि प्रभावित क्षेत्रमा फेरि बत्ती बलेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


