मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, सुरक्षा जोखिम

दसैँपछि धादिङको मलेखुस्थित त्रिशूली नदीमाथिको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढ्दा पैदलयात्रुको सुरक्षामा जोखिम देखिएको छ। त्रिशूलीको बाढीले फुर्केखोलाको पुल बगाएपछि यही झोलुङ्गे पुल वैकल्पिक बाटोका रूपमा प्रयोग हुँदै आएको छ। बेनिघाट रोराङ गाउँपालिका–३ मा रहेको पुलमा एक पटकमा एउटा मात्र दुईपाङ्गे सवारी चलाउन पाइने सूचना टाँसिएको छ।
तर एकै पटक धेरै मोटरसाइकल र स्कुटर पुलमा छिर्दा पैदलयात्रुले दोहोरो हिँड्ने ठाउँ नपाएर एकअर्कालाई छलेर पार गर्नुपरेको छ। दसैँ मनाएर काठमाडौँ, पोखरा र चितवनतर्फ फर्कने यात्रु बढेपछि मोटरसाइकल चालकले पुल तर्न लामो समय पालो कुर्नुपरेको छ। सवारी चाप बढेसँगै पुलमा सुरक्षा खतरा बढेकाले त्यहाँ स्थानीय प्रशासन वा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुनुपर्ने स्थानीय समाजसेवी शिवराज सापकोटाले बताउनुभएको छ।
धादिङबाट चितवन जाँदै गरेका मोटरसाइकल चालक अभिषेक अधिकारीले सुरक्षाको चिन्ता भए पनि बाध्यताले यही पुल प्रयोग गर्नुपरेको बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

