जल तथा मौसम क्षेत्र सुदृढ गर्न सरकारद्वारा दुई श्वेतपत्र सार्वजनिक

काठमाडौँ । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र जल तथा मौसम विज्ञान विभागसँग सम्बन्धित योजना श्वेतपत्रमा समेटिएका छन्।
विभागको श्वेतपत्र मस्यौदाअनुसार देशभर रहेका परम्परागत मौसम मापन केन्द्रहरूलाई चरणबद्ध रूपमा स्वचालित मौसम केन्द्रमा रूपान्तरण गरिनेछ।
मौसमका कारण हुने हवाई दुर्घटना न्यूनीकरण गर्न जल तथा मौसम विज्ञान विभागअन्तर्गत छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गर्ने योजना पनि श्वेतपत्रमा उल्लेख छ।
यस्तै, सरकारले बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ वटा प्रमुख नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गर्ने भएको छ। चार वटा हिमतालको सतह घटाउने योजना पनि सरकारले अघि सारेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


