महामन्त्री आचार्यको नेतृत्वमा रास्वपा टोली चीन जाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा यो भ्रमण हुन लागेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा भ्रमणबारे छलफल भएको थियो।
प्रवक्ता खरेलका अनुसार महामन्त्रीसँगै केही सदस्य टोलीमा रहनेछन्, तर उहाँले भ्रमणको मिति भने खुलाउनुभएको छैन। सोही बैठकमा सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले मधेस अडिटसम्बन्धी प्रतिवेदन पेस गरेको छ। मधेस प्रदेश र केही जिल्लामा देखिएका साङ्गठनिक समस्या तथा अधिवेशन हुन नसकेको अवस्था प्रतिवेदनमा समेटिएको छ।
प्रतिवेदन अध्ययन गरेपछि त्यसका आधारमा पार्टीले आगामी कदम चाल्ने निर्णय बैठकले गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


