१५ कात्तिक २०८३ English
English

देउवा पक्षको समानान्तर महाधिवेशन: आज जिल्ला अधिवेशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
देउवा पक्षको समानान्तर महाधिवेशन: आज जिल्ला अधिवेशन

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आइतबार अधिकांश जिल्लामा जिल्ला अधिवेशन गर्ने भएको छ। समानान्तर महाधिवेशनको तयारीअन्तर्गत यो पक्षले वडा, गाउँपालिका, नगरपालिका तथा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरका अधिवेशन यसअघि नै गरिसकेको छ। केही ठाउँमा भने वडा र क्षेत्रीय अधिवेशन अझै बाँकी छन्।

ती पनि आइतबारसम्मै सक्ने लक्ष्य रहेको नेता दीपक कुइँकेलले बताउनुभएको छ। कार्यतालिकाअनुसार मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ। करिब ८ हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनका लागि काठमाडौंको खुलामञ्च उपलब्ध गराउन महानगरपालिकासँग औपचारिक अनुरोध गरिएको छ।

उपयुक्त स्थानको अभाव भएकाले खुलामञ्च मागिएको देउवा पक्षको भनाइ छ। यसैबीच, संयोजक डा. शशांक कोइरालाले सुनवलका गोपीप्रसाद पुनलाई नवलपरासी जिल्ला सह-संयोजक मनोनयन गर्नुभएको छ।

पुन संस्थापन पक्षको १५औँ महाधिवेशनमा श्रमिक क्लस्टरबाट महाधिवेशन प्रतिनिधिको चुनाव हार्नुभएको थियो। नवलपरासीमा देउवा पक्षले धर्मदत्त चापागाईँलाई जिल्ला संयोजक तोकेको छ। अर्कोतर्फ, इतर पक्षका नेता मोहन बस्नेतले सभापति गगन थापाले तामझाम नगर्न दिएको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ।

उहाँले थापाको 'मिसन प्रधानमन्त्री' अभियानको पनि कडा आलोचना गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार