२८ असोज २०८३ English
English

संसदीय सुनुवाइ समितिबाट १० राजदूत अनुमोदित, साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
संसदीय सुनुवाइ समितिबाट १० राजदूत अनुमोदित, साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत
तस्बिर: थाहाखबर

संघीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १३ राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ। बुधबार बसेको समिति बैठकले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

अनुमोदित हुनेमा चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मा पनि छन्। समितिले प्रस्तावित राजदूतहरूलाई बोलाएर सवालजवाफ गरेपछि अनुमोदनको निर्णय गरेको हो।

समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम भने अनुमोदन गर्न अस्वीकार गरेको छ। जर्मनीबाट डिपोर्ट गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि प्रश्न उठेपछि उनको नाम अस्वीकृत भएको हो। उनीमाथि महिला हिंसालगायतका आरोपसहित समितिमा उजुरी परेको थियो र समितिमा यसबारे प्रश्नोत्तरसमेत भएको थियो।

यस्तै, मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम पनि समितिबाट अनुमोदनका लागि अस्वीकृत भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 28 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार