नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत घरमै, 'हुलाक–सिम सेवा' सुरु

नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन्। नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा बुधबारदेखि 'हुलाक–सिम सेवा' सुरु गरिएको हो।
सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्यले सरकारले नागरिकले चाहेकै स्थानमा सिमकार्ड उपलब्ध गराउने व्यवस्था गरेको हो। यसका लागि ग्राहकले अनलाइन फारम भरेर आवेदन दिनुपर्नेछ।
आवेदनपछि हुलाक कर्मचारीले सेवाग्राहीको घरमै सिमकार्ड पुर्याइदिने छन्। सिमकार्ड कहाँ पुग्यो भन्ने ट्र्याकिङ गर्न सकिने व्यवस्था पनि गरिएको छ।
यो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगिरहनुपर्ने छैन।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

