भोटेकोशी बाढी : ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद राहत

रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ। यो हालसम्म वितरण भएको सङ्ख्या हो।
राहत पाउने घरपरिवार रसुवा, नुवाकोट र धादिङ जिल्लाका हुन्। रसुवाका ५, नुवाकोटका ४ र धादिङका २ गरी कुल ११ स्थानीय तहका बाढी प्रभावित घरपरिवारलाई यो रकम दिइएको हो।
भोटेकोशीको बाढीले यी तीन जिल्लामा घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए। सरकारले प्रत्यक्ष प्रभावित घरधुरी पहिचान गरी स्थानीय तहमार्फत नगद राहत पुर्याएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


