बूढीगण्डकी बाढी : उत्तरी गोरखाका करिब पाँच हजार घर विद्युत्विहीन

बूढीगण्डकी नदीमा आएको बाढीका कारण उत्तरी गोरखाका करिब पाँच हजार घर विद्युत्विहीन बनेका छन्।
आइतबार चुमनुब्री गाउँपालिका–६ को उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा बाढी आएको थियो। बाढीले क्षेत्रमा बिजुली आपूर्ति गर्दै आएको लघु जलविद्युत् आयोजना बगाएपछि हजारौँ घरधुरीमा बिजुली अवरुद्ध भएको हो।
बाढीपछि उत्तरी गोरखाका बासिन्दा बिजुलीविहीन अवस्थामा बस्न बाध्य भएका छन्। बूढीगण्डकी नदी किनारका विभिन्न क्षेत्र बाढीबाट प्रभावित भएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


