शान्तिबजारका बाढीपीडितका लागि रेडक्रसद्वारा २८ टेन्ट

बूढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका बासिन्दाका लागि रेडक्रसले २८ वटा अस्थायी टेन्ट खडा गरिदिएको छ। बाढी आएको तीन दिनपछि प्रभावितले यो अस्थायी आश्रय पाएका हुन्। टेन्टसँगै बाढीपीडित परिवारलाई खाद्यान्न, म्याट्रेस र ग्यास चुल्होलगायतका राहत सामग्री पनि बाँडिएको छ। बाढीले शान्तिबजारका करिब ४० घरमा क्षति पुगेको छ। आइतबार बिहान चुमनुब्री गाउँपालिकाको उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा बाढी आएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


