२९ असोज २०८३ English
English

भिसाको उद्देश्यविपरीत काम गरेका २४ दक्षिण कोरियाली निष्कासित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भिसाको उद्देश्यविपरीत काम गरेका २४ दक्षिण कोरियाली निष्कासित

YouTube मा सब्स्क्राइब

अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत काम गरेको भन्दै २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरेको छ। विभागका अनुसार उनीहरूको नेपाल बसाइ शंकास्पद र आचरण संदिग्ध देखिएको थियो। पर्यटक भिसामा आएका उनीहरू धार्मिक गतिविधिमा लागेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

उनीहरू मोरङको सुन्दरहरैँचा नगरपालिका–७, मालाती मार्गस्थित सुन्दरडाँडामा रहेको नेपाल न्यु कोभेनान्ट कलेज, एनएनसीसीको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएका थिए। जिल्ला प्रशासन कार्यालय मोरङले असोज २३ गते उनीहरूलाई अनुसन्धान र कारबाहीका लागि विभागमा बुझाएको थियो। विभागले सबैको भिसा रद्द गर्दै जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

नेपाल छाडेको मितिदेखि ३ वर्षसम्म उनीहरूलाई नेपाल आउन रोक लगाइएको छ। सबैको भिसाको अवधि बाँकी रहे पनि अध्यागमन कानुनअनुसार कारबाही गर्दै असोज २८ गते निष्कासन गरिएको विभागले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार