२८ असोज २०८३ English
English

बिमस्टेक गृहमन्त्री बैठकमा सहभागी भई गृहमन्त्री गुरुङ स्वदेश फर्किए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बिमस्टेक गृहमन्त्री बैठकमा सहभागी भई गृहमन्त्री गुरुङ स्वदेश फर्किए
तस्बिर: राजधानी

गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। उनी बुधबार साँझ भारत भ्रमण सकेर फर्किएका हुन्।

गृहमन्त्री गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन नयाँदिल्ली गएका थिए।

खबरहबका अनुसार भ्रमण सकेर स्वदेश फर्कने क्रममा गृहमन्त्री गुरुङ र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच विमानस्थलमा आकस्मिक भेट भएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 28 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार