२८ असोज २०८३ English
English

आफूमाथि निष्पक्ष छानबिन माग गर्दै सांसद खगेन्द्र सुनारले भने– दोषी ठहरिए सजाय भोग्न तयार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आफूमाथि निष्पक्ष छानबिन माग गर्दै सांसद खगेन्द्र सुनारले भने– दोषी ठहरिए सजाय भोग्न तयार
तस्बिर: रातोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि मिडिया र सामाजिक सञ्जालमा उठेका आरोपबारे राज्यका जिम्मेवार निकायबाट निष्पक्ष र निर्मम छानबिन गर्न माग गरेका छन्। अनुसन्धानमा दोषी प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको उनले बताएका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनारले आफूले गरेको भनिएको कुनै पनि गलत कामको जिम्मेवारी पार्टी र सरकारले लिनु नपर्ने उल्लेख गरेका छन्। ‘म र मैले गरेको कुनै पनि कुकर्मको पार्टी, सरकार सती जान पर्दैन। म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु,’ उनले लेखेका छन्।

सांसद सुनारले छानबिन र कारबाही आफूमाथि हुनुपर्ने तर महिलामाथि आक्रमण र मिडिया ट्रायल स्वीकार्य नहुने बताएका छन्। आफूबाट कुनै बदमासी भएको भए महिलालाई गोप्य राखी प्रहरी, अदालत वा अन्य निकायले अनुसन्धान गरेर सजाय दिन सक्ने उनको भनाइ छ।

उनले आफूले गरेको भनिएको ‘पाप, अपराध’ के हो भन्ने प्रश्नसमेत उठाएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 28 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार