२९ असोज २०८३ English
English

बाढीपीडितको पुनःस्थापनामा प्राथमिकता दिनुपर्छ: एमाले अध्यक्ष ओली

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीपीडितको पुनःस्थापनामा प्राथमिकता दिनुपर्छ: एमाले अध्यक्ष ओली

YouTube मा सब्स्क्राइब

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारको ठूलोगाउँमा अस्थायी आवासको साँचो हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। नेपाल ट्रेड युनियन महासङ्घ, जिफन्टको पहलमा बनेका यी आवास रसुवाबाट सुरक्षित बसोबास खोज्दै नुवाकोट आइपुगेका परिवारलाई सुम्पिइएको छ।

जिफन्टले यहाँ करिब १८ वटा अस्थायी आवास बनाएको छ। अध्यक्ष ओलीले बाढीपीडितको जनजीवन सामान्य बनाउँदै पुनर्निर्माणको काम अघि बढाउनुपर्ने बताउनुभयो। उहाँका अनुसार प्रभावितका लागि अस्थायी बास र जीविकोपार्जनको व्यवस्था गर्नुका साथै रोजगारी र व्यवसाय सञ्चालन सहज बनाउनमा ध्यान दिनुपर्छ।

सुरक्षित बसोबासका लागि ठाउँ नपाएका परिवारलाई लक्षित गरेर यी संरचना तयार पारिएको जिफन्टले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार