अडियो प्रकरण : सांसद खगेन्द्र सुनारलाई निलम्बन गर्न रास्वपाका महिला सांसदको माग

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महिला सांसदहरूले पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारलाई तत्काल सांसद पदबाट निलम्बन गरी कारबाही गर्न माग गरेका छन्। उनीहरूले निलम्बनको माग गर्दै बहिष्कारको घोषणासमेत गरेका छन्।
सांसद सुनारले एक महिलालाई ज्यान मार्ने धम्कीसहित अपशब्द बोलेको भनिएको अडियो सार्वजनिक भएपछि उनी विवादमा परेका हुन्। रास्वपाले यस विषयमा छानबिन थालेको जनाएको छ। अडियो वास्तविक हो वा एआईबाट बनाइएको भन्नेबारे पनि पार्टीले छानबिन गर्ने जनाइएको छ।
अनलाइनखबरका अनुसार अडियो सार्वजनिक भएपछि बुझ्दा सांसद सुनार यसअघि एक महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासतमा पुगेको समेत भेटिएको छ।
खबरहबका अनुसार उनको सांसद पद र पार्टीको केन्द्रीय सदस्यता खारेज हुने दाबी गरिएको छ। सांसद लिमा अधिकारीले खगेन्द्रको विषयमा रास्वपा सती जान नसक्ने बताएकी छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


