रास्वपाले सार्वजनिक गर्यो स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, परीक्षा र प्राइमरी चुनाव अनिवार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि 'उम्मेदवार छनोट रूपरेखा २०८३' सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक २९ बुँदे रूपरेखामा उम्मेदवार बन्न चार चरणको परीक्षा पार गर्नुपर्ने व्यवस्था गरिएको छ।
रूपरेखाअनुसार आकांक्षीले पार्टीको लिडरसिप एकेडेमीको परीक्षा अनिवार्य रूपमा दिनुपर्छ, जसको अंकभार २५ प्रतिशत हुनेछ। उम्मेदवार बन्न पार्टीको प्राइमरी चुनावमा ४० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था पनि गरिएको छ। सम्पूर्ण मतदान सकिएपछि मात्र एकीकृत स्कोरकार्ड सार्वजनिक गरिनेछ।
आकांक्षीले मिटरब्याज, सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा तथा वैवाहिक अवस्थाको कानुनी स्पष्टता पेस गर्नुपर्नेछ। २०८२ का संघीय उम्मेदवार र सांसदलाई स्थानीय चुनाव लड्न रोक लगाइएको छ भने बाहिरबाट आउनेका लागि कुलिङ पिरियडसहित ल्याटरल इन्ट्री खुला गरिएको छ।
उम्मेदवार छनोटमा सचिवालयलाई १५ प्रतिशतसम्म विशेषाधिकार दिइएको छ। गुटबन्दी र लेनदेन गरे सदस्यता खारेज हुने व्यवस्था रूपरेखामा छ। पार्टीले उम्मेदवार छनोटमा आर्थिक हैसियत, राजनीतिक पहुँच, गुटगत प्रभाव र नातासम्बन्धलाई हाबी हुन नदिने जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


