पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

युरोपेली सङ्घसहित पाँच मुलुकका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा बुधबार, असोज २८ गते आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरूले प्रमाणपत्र बुझाउनुभएको हो। युरोपेली सङ्घको नेपालस्थित प्रतिनिधिमण्डलका आवासीय राजदूत चार्ल्स ह्वाइटलीले प्रमाणपत्र पेस गर्नुभएको छ।
इन्डोनेसियाबाट लिस्त्योवाती, घानाबाट कोजो बोन्सु, सुडानबाट डा. मोहम्मद अब्दल्ला अली इल्टोम र ब्रुनाई दारुसलामबाट सिती आर्निफरिजा बिन्ती हाजी मोहद जैनीले गैरआवासीय राजदूतका रूपमा प्रमाणपत्र बुझाउनुभएको छ। समारोहअघि नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहित बग्गीमा चढाएर लगिएको थियो।
समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


