१० कात्तिक २०८३ English
English

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

YouTube मा सब्स्क्राइब

साउदी अरबको सुरक्षा अवस्था संवेदनशील बनेपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सबै नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले विशेष सूचनामार्फत पाँचबुँदे अनुरोध जारी गरेको छ। सूचनाअनुसार अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षा चेतावनी जारी भएका बेला बाहिर नजान विशेष जोड दिइएको छ।

साउदी सरकारका आधिकारिक निकायले दिने सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न र तिनका सूचना नियमित रूपमा हेर्न पनि भनिएको छ। जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन दूतावासले अपिल गरेको छ। आधिकारिक रूपमा पुष्टि नभएका समाचार, तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न र अरूलाई पनि नपठाउन नेपालीलाई सचेत गराइएको छ।

साउदीबाट नेपाल वा अन्य देशतर्फ हवाई यात्रा गर्ने तयारीमा रहेकाले उडान तालिका बदलियो कि बदलिएन भनेर सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेपछि मात्र विमानस्थल जान अनुरोध गरिएको छ। आपत्कालीन अवस्था वा कुनै समस्या परेमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ। साउदी अरबमा झन्डै ४ लाख नेपाली रहेको अनुमान छ।

स्रोत

सम्बन्धित समाचार