राजमार्गका होटललाई मूल्यसूची राख्न र बिल दिन निर्देशन, २६ होटलमा अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजमार्ग र राजमार्ग आसपासका होटल, रेस्टुरेन्ट तथा खाजा घरलाई मूल्यसूची राख्न र प्रत्येक ग्राहकलाई अनिवार्य रूपमा बिल दिन निर्देशन दिएको छ। बिक्री गरिएका वस्तु तथा सेवाको वास्तविक मूल्य खुल्ने गरी बिल वा बिजक दिनुपर्नेछ।
सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा रेस्टुरेन्टमा अस्वस्थकर खाना खुवाइएको र अत्यधिक मूल्य लिएको पाइएमा सवारी चालक तथा सञ्चालक दुवैलाई कडा कारबाही हुने जनाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि दसैँ, तिहार र छठलगायतका चाडपर्वमा राजमार्गका होटल तथा रेस्टुरेन्टलाई खाद्य स्वच्छता कायम राख्न कडा निर्देशन दिएको छ। गुणस्तरहीन खाना बेचेमा कारबाही हुने विभागले जनाएको छ।
विभागले धादिङ र चितवन खण्डका थप २६ होटल तथा रेस्टुरेन्टको अनुगमन गरेको छ। अनुगमन गरिएकामध्ये कुनै पनि होटल ‘उत्तम’ वर्गमा परेनन् भने १२ वटामा पहेँलो स्टिकर टाँसिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

