कांग्रेस पेसागततर्फ केन्द्रीय सदस्यमा केदारनरसिंह केसी सबैभन्दा धेरै मत ल्याएर निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पेसागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी निर्वाचित भएका छन्। उनले सबैभन्दा धेरै मत पाएका छन्। यो समूहमा पाँच पदका लागि निर्वाचन भएको थियो।
मतपरिणामअनुसार प्रा. डा. जगदीशचन्द्र पोखरेल २ हजार ५७७ मत ल्याएर दोस्रो भएका छन्। अधिवक्ता सीताराम केसी १ हजार ५३६ मत ल्याएर तेस्रो र डा. प्रदीप मिश्र १ हजार ४७८ मत ल्याएर चौथो भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतपरिणाम क्रमैसँग सार्वजनिक भइरहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


