भारतमा राष्ट्रवादबारे अर्थमन्त्री वाग्लेको अभिव्यक्तिको एमाले, कमल थापा र प्राध्यापक भुसालद्वारा आलोचना

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा नयाँदिल्लीमा व्यक्त गरेको अभिव्यक्तिको आलोचना भएको छ। वाग्लेले 'नेपाली राष्ट्रवादलाई एन्टी इन्डियनिज्मसँग जोड्ने युग सकिएको' बताएका थिए।
उक्त अभिव्यक्तिप्रति नेकपा एमालेले प्रश्न उठाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले पनि नेपाल–भारत सम्बन्धका सन्दर्भमा वाग्लेले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। थापाले वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन भएको बताएका छन्।
त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक डा. तारा भुसालले पनि अर्थमन्त्री वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको आलोचना गरेका छन्। उनले अर्थमन्त्रीबाट दिल्लीलाई खुसी पार्ने भाषणको अपेक्षा नगरेको बताएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


