१ कात्तिक २०८३ English
English

मधेसमा नयाँ सरकारबारे एमाले–जसपा छलफल, यादव गुण्डुमा ओलीसँग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मधेसमा नयाँ सरकारबारे एमाले–जसपा छलफल, यादव गुण्डुमा ओलीसँग

YouTube मा सब्स्क्राइब

मधेस प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच शनिबार छलफल भएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको हो। छलफलमा दुवै दलका अन्य नेता पनि सहभागी हुनुहुन्थ्यो।

अध्यक्ष यादवले यसअघि नेपाली कांग्रेसका सभापति गगन थापासँग पनि भेट गर्नुभएको थियो। एमालेले शुक्रबार समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। सरकार गठनका बेला भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै एमाले सरकारबाट बाहिरिएको हो।

सरकारमा सहभागी एमालेका चारजना मन्त्रीले राजीनामा दिनुभएको छ। मधेस प्रदेशसभामा जसपा नेपाल सबैभन्दा ठूलो दल हो। समर्थन फिर्तापछि जसपा अध्यक्ष यादवले प्रदेशमा सरकारको दाबीसहित शीर्ष नेतासँगको संवाद तीव्र बनाउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार