२६ असोज २०८३ English
English

पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द
तस्बिर: अनलाइनखबर

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौंदी क्षेत्रमा आज (सोमबार) राति सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले यसबारे सोमबार जानकारी दिएको हो।

त्रिशूली नदीको कटानका कारण भासिएको सडक खण्डमा थप मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गर्न लागिएको हो। राति ११ बजेदेखि बिहान ५ बजेसम्म गरी ६ घण्टा उक्त खण्डमा कुनै पनि सवारीसाधन चल्न पाउने छैनन्।

यो अवधिमा मुग्लिन–काठमाडौं सडकखण्डमा सवारी आवागमन रोकिनेछ। मर्मत कार्य सम्पन्न गर्नकै लागि राति सडक बन्द गर्ने निर्णय गरिएको हो।

दसैँ नजिकिएसँगै काठमाडौंबाट घर फर्किने यात्रुको चाप बढिरहेका बेला पृथ्वी राजमार्गको यो खण्ड मर्मतका लागि बन्द हुन लागेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार