१३ प्रस्तावित राजदूतविरुद्धका उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल सुरु

संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतविरुद्ध परेका उजुरीमाथि छलफल सुरु गरेको छ। प्रस्तावित सबै राजदूतविरुद्ध उजुरी परेका छन्।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले आज उजुरीकर्तालाई समितिमा बोलाएर छलफल गर्ने कार्यसूची तय गरेको थियो।
साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्धको उजुरीमाथि समितिले आवश्यक विवरण माग्ने निर्णय गरेको छ। सुनारलाई विगतमा डिपोर्ट गरिएको थियो कि थिएन भन्ने विषयमा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग तथ्य मागेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


