२६ असोज २०८३ English
English

पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी हो : प्रधानमन्त्री शाह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी हो : प्रधानमन्त्री शाह
तस्बिर: रातोपाटी

प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताएका छन्। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री भएपछि शाह पहिलोपटक प्रहरीको कार्यक्रममा सहभागी भएका हुन्। उनले नवप्रवेशी प्रहरी निरीक्षकहरूलाई नैतिकता र निष्ठामा सम्झौता नगर्न निर्देशन दिए।

'संविधान, प्रचलित कानून र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गर्दछु,' प्रधानमन्त्री शाहले भने। उनले जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष भएको बताए।

प्रहरी निरीक्षक आधारभूत तालिमको दुईवटा विधामा प्रशिक्षार्थी प्रहरी निरीक्षक चोप बहादुर डेंगा सर्वप्रथम भएका छन्। उनी प्रहरी निरीक्षक १–१८४औँ समूहमा प्रथम भएका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार