बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन गृहमन्त्री गुरुङ भारत गए

गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा गएका छन्। उनी सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ हिँडेका हुन्।
गृहमन्त्री गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन भारत गएका हुन्।
बिमस्टेकमा बंगालको खाडी क्षेत्रका देशहरू आबद्ध छन्। नेपाल पनि यसको सदस्य राष्ट्र हो। सदस्य देशका गृहमन्त्रीहरू सहभागी हुने यस बैठकमा नेपालको प्रतिनिधित्व गृहमन्त्री गुरुङले गर्ने छन्।
गृहमन्त्री गुरुङ विमानस्थल पुगेको र उनको प्रस्थानका तस्बिरहरू सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


