२६ असोज २०८३ English
English

श्रमिकलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिन रोजगारदातालाई सरकारको पत्र

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
श्रमिकलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिन रोजगारदातालाई सरकारको पत्र
तस्बिर: नागरिक

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई कानुनअनुसार पाउनुपर्ने चाडपर्व खर्च (भत्ता) दिन निर्देशन दिएको छ। विभागले यसका लागि निजी क्षेत्रका छाता संगठनहरूलाई पत्र लेखेको हो।

पत्रमा श्रमिकलाई चाडपर्वमा एक महिनाको पारिश्रमिक बराबरको रकम दिन भनिएको छ। श्रम ऐन, २०७४ को दफा ३७ मा भएको कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू गराउन निजी क्षेत्रका प्रमुख संस्थाहरूलाई पत्र लेखिएको विभागले जनाएको छ।

विभागले उद्योग, व्यवसायी तथा निजी विद्यालयका छाता संगठनहरूलाई पत्र लेख्दै उनीहरूका सबै श्रमिकलाई चाडपर्व खर्च दिन भनेको छ। निजी विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीले चाडपर्व खर्च पाउने सुनिश्चित गर्न छुट्टै पत्र पठाइएको छ।

दसैँ, तिहारलगायतका मुख्य चाडपर्व नजिकिएका बेला विभागले यो निर्देशन दिएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार