जर्मनीका लागि प्रस्तावित राजदूत जोशीको प्राथमिकतामा आर्थिक र श्रम कूटनीति

जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले नेपाल–जर्मनी सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा यस्तो प्रतिबद्धता जनाएकी हुन्।
जोशीले विदेशबाट मतदानको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाएकी छन्। सोही समितिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले आसन्न स्थानीय चुनावमा विदेशबाट मतदान सम्भव छ कि छैन भन्ने प्रश्न गरेका थिए।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले जोशीलाई कूटनीतिक मर्यादा कायम राख्दै दाताकेन्द्रित सोचबाट मुक्त भएर नेपालको राष्ट्रिय हितमा कसरी काम गर्नुहुन्छ भनी प्रश्न गरेका थिए।
बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सांसदहरूलाई सकेसम्म नेपाली भाषामा बोल्न रुलिङ गरेका थिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


