राजमार्गका होटलमा बासी र अखाद्य खाना खुवाए होटल र चालक दुवैमाथि कारबाही

राजमार्गका होटल र रेस्टुरेन्टमा खाएको अखाद्य खानाका कारण यात्रु बिरामी परेमा होटल सञ्चालक र सवारी चालक दुवैमाथि कडा कारबाही हुने भएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सवारी चालक, होटल व्यवसायी र यात्रुका नाममा सूचना जारी गरेको छ। यात्रुवाहक गाडी रोकिने होटलमा सरसफाइ नहुने, बासी र झिँगा भन्केको खाना दिइने र चर्को मूल्य असुलिने गुनासो बढेपछि यो कदम चालिएको हो।
पूर्वाधार विकास मन्त्रालयमा बसेको सरोकारवाला निकायहरूको बैठकको निर्णयअनुसार विभागले सूचना निकालेको हो। गुनासो आएपछि त्यस्ता होटल र रेस्टुरेन्टमा अनुगमन पनि सुरु भएको छ। अबदेखि चालकले खाजा र खानाका लागि सफा, स्वच्छ र गुणस्तरीय खाना पाइने ठाउँलाई प्राथमिकता दिनुपर्नेछ।
खाना अस्वच्छ भएमा वा मूल्यमा ठगी भएको महसुस गरेमा यात्रुले प्रहरीको १०० नम्बरमा फोन गर्न सक्नेछन्। त्यस्तै सम्बन्धित सरकारी कार्यालयमा पनि उजुरी दिन सकिनेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


