२७ असोज २०८३ English
English

सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्यो, दुई दिनमा ४ हजार ३०० रुपैयाँ घट्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्यो, दुई दिनमा ४ हजार ३०० रुपैयाँ घट्यो
तस्बिर: Onlinekhabar English

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ।

सुनको मूल्य लगातार दोस्रो दिन घटेको हो। अघिल्लो दिन सोमबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको थियो। यससँगै दुई दिनमा सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले घटेको छ।

महासंघका अनुसार मंगलबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले हरेक दिन स्थानीय बजारका लागि सुनचाँदीको मूल्य तोक्ने गर्छ। सोमबारको तुलनामा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २७ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 27 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार