२७ असोज २०८३ English
English

नेपालको आर्थिक वृद्धिदर सीमित रहने आईएमएफको प्रक्षेपण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपालको आर्थिक वृद्धिदर सीमित रहने आईएमएफको प्रक्षेपण

YouTube मा सब्स्क्राइब

अन्तर्राष्ट्रिय मुद्रा कोष, आईएमएफले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर करिब ३.६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ। कोषले अक्टोबरमा सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा यस्तो उल्लेख छ। प्रतिवेदन अनुसार सन् २०२५ मा नेपालको वृद्धिदर करिब ४.४ प्रतिशत रहेको अनुमान छ।

सन् २०२७ मा भने वृद्धिदर सामान्य सुधार भई करिब ३.७ प्रतिशत पुग्ने आईएमएफको अनुमान छ। यसरी आगामी दुई वर्ष नेपालको आर्थिक वृद्धि ४ प्रतिशतभन्दा तल रहने देखिएको छ। उपभोक्ता मुद्रास्फीति सन् २०२५ को करिब ४.१ प्रतिशतबाट सन् २०२६ मा करिब ३.१ प्रतिशतमा झर्ने प्रक्षेपण छ।

तर सन् २०२७ मा महँगी बढेर करिब ५.८ प्रतिशत पुग्ने कोषले अनुमान गरेको छ।

स्रोत

सम्बन्धित समाचार