बाढीपहिरोले गण्डकी र कर्णालीका तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण ठप्प

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार म्याग्दी, गोरखा र सुर्खेत जिल्लाका मुख्य सडकखण्डमा अवरोध भएको हो।
सोमबार बिहान ६:३० बजेसम्म प्राप्त विवरणअनुसार म्याग्दी र सुर्खेतमा सडक एकतर्फी रूपमा सञ्चालनमा छ। गोरखामा भने सडक आवागमन पूर्ण रूपमा ठप्प छ।
प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा छ।
प्रहरीले यी सडकखण्डको पछिल्लो अवस्था सार्वजनिक गरेको छ। दसैँका बेला घर फर्किने यात्रुको आवतजावत बढेका बेला यी राजमार्ग प्रभावित भएका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

