साँघुरा गल्लीका लागि काठमाडौँ महानगरको बाइक एम्बुलेन्स सेवा सुरु

काठमाडौँ महानगरपालिकाले साँघुरा गल्ली र ट्राफिक जाम भएका ठाउँमा बिरामीसम्म छिटो पुग्न शुक्रबारदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स माग्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्स पठाइने जानकारी दिनुभएको छ। चारपाङ्ग्रे एम्बुलेन्स पुग्न नसक्ने चोक र गल्लीमा बिरामीलाई तत्काल प्राथमिक सेवा दिन यो सेवा परिचालन हुनेछ।
काठमाडौँमा पर्याप्त एम्बुलेन्स भए पनि ट्राफिक जाम र भौगोलिक अवस्थाका कारण समयमै सेवा दिन चुनौती रहेको डंगोलले बताउनुभएको छ। नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा महानगरले सञ्चालन गर्दै आएको निःशुल्क १०२ सेवा उपत्यकाका अन्य स्थानीय तहमा पनि विस्तार भइसकेको छ। डंगोलले यो जानकारी महानगरको अनुदान र सहकार्यमा चलेका १३ अस्पताल तथा स्वास्थ्य संस्थाको प्रस्तुतीकरण कार्यक्रममा दिनुभएको हो।
उहाँका अनुसार महानगरले अस्पताल र स्वास्थ्य संस्थालाई अनुदान दिँदै आएको छ। कीर्तिपुरमा जलनका बिरामीको उपचार खर्च व्यहोर्न कोष पनि स्थापना गरिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


