३० असोज २०८३ English
English

मधेस सरकारबाट एमाले बाहिरियो, चारै मन्त्रीको राजीनामा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मधेस सरकारबाट एमाले बाहिरियो, चारै मन्त्रीको राजीनामा

YouTube मा सब्स्क्राइब

नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ। एमालेबाट सरकारमा सहभागी चारै मन्त्रीले शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका छन्। राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास तत्मा हुनुहुन्छ।

एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश प्रमुखलाई पत्र पठाएर समर्थन फिर्ताको निर्णय जानकारी गराउनुभएको छ। सरकार बन्दा सत्तारुढ दलबीच भएको १५ बुँदे सहमति लागु नभएको मुख्यमन्त्रीलाई लेखिएको पत्रमा उल्लेख छ। एमालेले शासन सञ्चालन, सुशासन, विकास र जनहितका विषय सम्बोधन गर्ने उद्देश्यले सरकारलाई साथ दिएको जनाएको छ।

तर सहमतिअनुसार सरकार चल्न नसकेको र सुशासनको प्रत्याभूति दिन नसकेको पार्टीको आरोप छ। एमालेका प्रमुख सचेतक हरिनारायण महतोका अनुसार नयाँ सरकार गठनको प्रयासअन्तर्गत पार्टीले यो कदम चालेको हो। नेपाली कांग्रेसका यादव नेतृत्वको गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टी पनि सहभागी छ।

मन्त्रीहरूको राजीनामासँगै मुख्यमन्त्री यादवको सरकार अप्ठ्यारोमा परेको छ।

स्रोत

सम्बन्धित समाचार