कांग्रेस १५औँ महाधिवेशन : सबै पदको मतगणना सकियो, शपथग्रहण दसैँपछि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सबै मतगणना शुक्रबार बिहान सकिएको छ। मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएपछि असोज २३ गते रातिदेखि सुरु भएको सबै पदको मतगणना सकिएको हो।
निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको मतगणना बिहीबार राति नै सकिएको थियो।
सदस्य सचिव कटुवालका अनुसार १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मत गन्न १२ दिन लागेको थियो। यस पटक ७ हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको हो।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी छ। नयाँ केन्द्रीय समितिको पहिलो बैठक पनि दसैँपछि बस्नेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


