नियमित प्रशासनिक कामबाट अलग रहेर ‘समुन्नति’ अभियानमा लाग्ने सभापति थापाको घोषणा

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन निर्माणको तरिका बदल्नुपर्नेमा जोड दिँदै आफू पार्टीका नियमित प्रशासनिक कामबाट अलग रहने घोषणा गरेका छन्। उनले आफू ‘समुन्नति’ अभियानमा लाग्ने बताए।
काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पराजित वा छुटेका योग्य व्यक्तिलाई समेटेर अघि बढ्ने बताए। उनले आन्तरिक चुनावलाई जित र हारको अन्तिम मानकका रूपमा नहेर्न पनि आग्रह गरे।
थापाले १५औँ महाधिवेशनमा आफूले मत दिएका कतिपय उम्मेदवार पराजित भएको बताए। आफ्नो टिममा रहिदिए हुन्थ्यो भनेर चाहेका कतिपय साथीहरू छुटेको पनि उनले उल्लेख गरे।
राजनीतिक यात्रामा धेरै पटक लडेको बताउँदै थापाले आफू कमजोर र अप्ठ्यारोमा परेका बेला साथ दिनेहरूको योगदान महत्त्वपूर्ण रहेको भन्दै आभार व्यक्त गरे। नयाँ र पुरानाको नाममा राजनीति विभाजित भइरहेका बेला कांग्रेसले सबैलाई सँगै हिँडाउन सक्ने क्षमता राख्ने उनको भनाइ थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


